August 27, 2026, Thursday
२०८३ भाद्र ११
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

सीटीईभीटीको केन्द्रीय कार्यालयमा तालाबन्दी

२०७९ माघ २५

1.4K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटी को सदस्य सचिवको कार्यकक्षमा तालाबन्दी गरेको छ । विशेष छात्रवृत्ति अन्तर्गत अध्ययन गरिरहेका विद्यार्थीहरुको समस्यालाई सम्बोधन नगरेको भन्दै संगठनले तालाबन्दी गरेको हो ।

त्यस्तै संगठनले सीटीईभीटी अन्तर्गतकै धनुषाको सपहीमा रहेको वि.पी मेमोरियल पोलिटेक्निक ईन्स्टिच्युटका कार्यालय प्रमुखको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् भने लुम्बिनी प्रदेशमा पनि सीटीईभीटीको प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । विशेष छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुको निर्वाह भत्ता तत्काल उपलब्ध गर्नुपर्ने,समयमै परिक्षा हुनुपर्ने र नतिजा प्रकाशनमा भएको ढिलाई अन्त्य गर्नुपर्ने आफुहरुको मुख्य माग रहेको वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालका संयोजक करण बुढाले बताए ।

विगत एक महिनादेखि पटक पटक जानकारी गराउँदा समेत सीटीईभीटीले बेवास्ता गरेकाले आफुहरु तालाबन्दी गर्न बाध्य भएको उनले बताए । त्यस्तै विद्यार्थीहरुले सीटीईभीटीले तत्काल आफुहरुको मागलाई सम्बोधन नगरे तालाबन्दी मात्रै नभएर पुनः कडाभन्दा कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।