June 11, 2026, Thursday
२०८३ जेष्ठ २८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending

काठमाडौंमा जात व्यवस्था उन्मूलन मोर्चाको दीप प्रज्वलन

काठमाडौंः जात व्यवस्था उन्मूलन मोर्चा, नेपालद्वारा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । बुधबार साँझ काठमाडौंको शान्तिवाटिकामा रुकुमपश्चिमको सोतीमा नवराज विक लगायत ६ जनाको सामूहिक हत्या भएको मुद्धामा जिल्ला अदालत रुकुमपश्चिमको फैसलालाई स्वागत गर्दै जात व्यवस्था विरोधी संघर्ष जारी राख्न र संकल्प गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा न्यायिक प्रक्रियामा सुरुवातदेखि नै पीडित परिवारका पक्षबाट बहस पैरवी गर्दै आएका अधिवक्ताहरु मोहन शाशंकर, यमकुमारी ददेल र श्याम विश्वकर्मा उपस्थित भएका थिए । त्यस्तै नागरिक आन्दोलनका अगुवा डा. सञ्जिव उप्रेती, अभियन्ता विकास विश्वकर्मा, कवि राजु स्याङतान लगायतको पनि उपस्थिति रहेको थियो ।

उपस्थित तीनै जना अधिवक्ताहरुले घटना घटेको समयदेखि फैसला भएसम्मका आआफ्ना अनुभव र अनुभूतिसहितको मन्तव्य राखेका थिए । मन्तव्य राख्ने क्रममा अधिवक्ता श्याम विश्वकर्माले अदालतले गरेको फैसलाले केही राहत महसुस गराएको तर, निहत्था युवाहरुको बर्बरतापूर्वक हत्या गर्नेहरुलाई आजीवन काराबास हुने फैसला भने हुन नसकेको बताएका थिए । अर्का अधिवक्ता मोहन शाशंकरले राजनीतिक दबाब र कानुनका कमजोरीहरुलाई प्रयोग गरेर उच्च अदालतबाट उल्टाउन सक्ने भएकाले निरन्तर खबरदारी गरिरहनुपर्ने बताएका थिए । त्यस्तै अर्का अधिवक्ता यमकुमारी ददेलले लामो समयसम्मको संघर्षपछि भएको अदालतको फैसलाले न्यायको महसुस गराएको प्रतिक्रिया दिदै न्यायको लडाइँमा संलग्न सबैलाई धन्यवादसमेत व्यक्त गरेकी थिईन् । नागरिक आन्दोलनका अगुवा डा. सञ्जिव उप्रेतीले मंगलबार रुकुमपश्चिम जिल्ला अदालतबाट भएको फैसला उच्च हुँदै सर्वोच्च अदालतसम्म जान सक्ने र उल्टिनसमेत सक्ने भएकाले ढुक्क भएर नबस्न आह्वान गरेका थिए ।

जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका अध्यक्ष मण्डलका सदस्य शान्ति गजमेरको संयोजनमा भएको कार्यक्रमलाई मोर्चाका महासचिव रुपा सुनारले सञ्चालन गरेकी थिईन् ।

De bandbreedte van de spellen op uniquecasino1.org overtuigt door diepgang en doordachte selectie. De inzetvoorwaarden van de bonussen zijn transparant weergegeven en voor de branche relatief gunstig. De gebruikersinterface past zich automatisch aan de schermgrootte van het apparaat aan. De indeling in themacategorieën maakt het makkelijker om snel het juiste spel te vinden. De live casinosectie is duidelijk gestructureerd en sorteerbaar op speltype en aanbieder. Antwoorden in de live chat zijn doorgaans persoonlijk en niet geautomatiseerd geformuleerd. Persoonlijke spelersgegevens worden uitsluitend versleuteld opgeslagen. Snelle wisselingen tussen demo- en echtgeldmodus zijn met één klik mogelijk. Spelersranglijsten in toernooien zorgen voor gezonde competitie binnen de community. Of het nu gaat om korte sessies of uitgebreide speelavonden, het casino biedt altijd passend aanbod.