धार्मिक आस्थाको चपेटामा विद्यालय
नेपालको संविधान २०७२ ले मुलुकलाई धर्मनिरपेक्ष राज्य घोषणा गरेको छ । यो घोषणाले सबै नागरिकलाई धार्मिक तथा सांस्कृतिक स्वतन्त्रताको प्रत्याभूति दिँदै सबै धर्मप्रति समान व्यवहार गरिने सुनिश्चित गरेको छ । सैद्धान्तिक रूपमा, धर्मनिरपेक्षता भनेको राज्य धर्मबाट तटस्थ रहनु र कुनै पनि धार्मिक आस्थालाई पक्षपोषण वा विभेद नगर्नु हो । राज्यको आधारस्तम्भ र भविष्यका कर्णधार तयार...