उत्पादनको बजार सुनिश्चित गर्न अखिल नेपाल किसान महासंघको माग
काठमाडौंः अखिल नेपाल किसान महासंघले तत्काल स्वदेशी कृषि वस्तुको उचित मूल्य निर्धारण गरी बजारको सुनिश्चितता गर्न माग गरेको छ । महासंघले शुक्रबार आयोजना गरेको पत्रकारसँगको छलफलमा महासंघका अध्यक्ष बलराम बास्कोटाले उत्पादनको समुचित बजार र मूल्य नपाउँदा किसान ऋणमा डुब्दै जाने र विचौलिया तथा व्यापारी मोटाउने अवस्था रहेको बताउँदै खाद्य सम्प्रभुताको कार्यान्वयनमार्फत कृषि पेसालाई मर्यादित, आय...