बुद्ध दर्शनका विशेष योगदानहरु
निर्वाणको अवधारणा चार आर्यसत्यलाई स्वीकार गरेर अष्टाङ्गमार्ग अपनाएर प्राप्त हुने कुरा बुद्धको विचारमा निर्वाण हो । ‘निर्वाण’ शब्दको तात्पर्य निभ्नु हो । बुद्धले ‘निर्वाण’ भनेर त्यस अवस्थालाई भन्नुभएको छ , जहाँ मान्छेमा तृष्णा क्षीण भयो , राग , द्वेष , मोह बाँकी रहेन , ती सबै बत्तीझैँ , आगोझैँ , बल्दाबल्दै निभे । जब तृष्णा...