कास्की-३ बाट प्रदेशसभामा एमालेका गणेशमान गुरुङ विजयी
काठमाडौं: कास्की क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई पराजित गरेका छन् । गुरुङले १४ हजार ४७३ मत ल्याउँदा भण्डारीले ९ हजार ६६१ मत पाएका छन् । जनता समाजवादी पार्टीबाट गत फागुन १३ गते एमाले प्रवेश गरेका गुरुङले...