व्यवस्थापन बिना नै काठमाडौंका सुकुम्बासी बस्ती हटाउन चेतावनी
काठमाडौं: बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदी किनारमा रहेको सुकुम्बासी बस्तीहरु हटाउने सूचना जारी गरेको छ । शुक्रबार एक सुचना जारी गर्दैै समितिले नदी किनारामा अनाधिकृत रूपमा निर्माण गरिएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन १० दिन समय दिएको जनाएको छ । समितिले उक्त अवधि भित्र नदी किनारा खाली नगरेमा...