समाजवादी आन्दोलन र श्रमिक वर्गको दायित्व
डि.बि. सर्वश्रेष्ठ नेपालको श्रमिक आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउन श्रमिक वर्गको मुुक्ति चाहने सबै नै वैज्ञानिक समाजवादी क्रान्तिलाई केन्द्रमा राखेर संगठित हुनु आजको आवश्यकता हो । मुलुकमा क्रान्तिकारी आन्दोलनको खडेरी पर्नु भनेको राष्ट्रियता र जनतन्त्रमाथि गम्भीर खतरा कायम नै रहनु हो । यसको परिणाम भारतीय प्रभूत्ववाद हावी हुँदै जानु, विश्व साम्राज्यवादको हस्तक्षेप वृद्धि हुँदै जानु...