एमालेको बहुमत आउने एमाले अध्यक्ष केपी ओलीको दाबी
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । भक्तपुरस्थित बालकोट निर्वाचन केन्द्रमा मतदानपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ गते सम्ममा सरकारको नेतृत्व गर्ने बताएका हुन् । उनले एमालेको सरकार बनेपछि सहकार्य गरेका दलहरुलाई समेत...