सप्तरी २ मा उपेन्द्र यादवलाई भारी मतले हराउँदै सिके राउत निर्वाचित
काठमाडौं: सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गरे भने पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गरे...