शेरबहादुर तामाङलाई हराउँदै सिन्धुपाल्चोक २ मा कांग्रेसका मोहन बस्नेत विजयी
काठमाडौं: सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङलाई साढे ११ हजारभन्दा बढी मतले हराएका हुन् । प्राप्त अन्तिम मत परिणाम अनुसार कांग्रेसका बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले...