कांग्रेस नेता प्रकाशमान सिंहद्वारा मेलम्ची खानेपानी आयोजनास्थलको निरिक्षण
काठमाडौंःनेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनास्थलको निरिक्षण गरेका छन् । बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका नेता सिंह लगायतको टोलीले आयोजनामा भइरहेको काम र समस्याका बारेमा जानकारी समेत लिएको छ । निरिक्षणका क्रममा सिंहले अहिले पनि कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा...