सामुदायिक सार्वभौम नेपालको प्रस्तावना
हजारौँ वर्षको इतिहाससहित आफ्नै लयमा आफ्नो समग्र सत्वसहित उपस्थित नेपाल एउटा गौरवमय समाज हो । यो देशको प्रत्येक जाति एउटा सभ्यताको रूपमा उपस्थित छ । यस देशमा दर्जनौँ भाषिक राष्ट्रियताहरू सगौरव क्रियाशील छन् । त्यसैले नेपाल बहुराष्ट्रिय राज्य हो । विश्वमा विकसित पाँच महासभ्यताहरू नेपाल भूमिमा विभिन्न कालान्तरमा प्रवेश गरी महासभ्यताहरूको एक सङ्गम थलोका रूपमा...