काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाउने
काठमाडौंः काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवस सम्पदा महोत्सवसहित सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ । काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नवीन मानन्धरले सम्पदा महोत्सवसहित सप्ताहव्यापी कार्यक्रम गरी मनाउने जानकारी दिएका हुन् । महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवर्दन गर्न भोजन मेला हुने उनले...