सरकारमा बसेकाहरूप्रति चरम निराशाकाे कारण आत्मदाहको घटना : नैनसिंह महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा-भरोसा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन् । कपिलवस्तु कांग्रेसले चन्द्रौटामा सहिदको सम्झनामा आयोजना गरेको एक कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता महरले थरिथरिका अनुहारको थरिथरि भूमिका भएकाले जनतामा चरम निरासा बढेको बताएका छन् । ‘संसद...