कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित
काठमाडौंः नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवाले ६४ मत ल्याएर संसदीय दलको नेतामा विजयी भएका हुन्। उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेसका महामन्त्री एवं काठमाडौं ४ का सांसद गगन कुमार थापाले २५ मत ल्याएर पराजित भए । कांग्रेस संसदीय...