कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने आठ दलको सहमति
काठमाडौंः संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले नेपाली कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान...