चार विद्यार्थी संगठनहरुको संयुक्त घोषणापत्र सार्वजनिक
काठमाडौं: चार विद्यार्थी संगठनहरुले आगामी चैत ५ मा हुने स्वतब्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपाल, अखिल नेपाल विद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारी रहेको संयुक्त विद्यार्थी संगठनले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि उक्त घोषणापत्र सार्वजनिक गरेको हो ।...