कर्णाली प्रदेशको योजना आयोग उपाध्यक्षमा योगेन्द्र शाही
काठमाडौंः कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए । उपाध्यक्षमा नियुक्त शाही यसअघि योजना आयोगको सदस्य थिए । शाहीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा...