August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

२०७९ माघ ६

1.2K

काठमाडौंः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार प्रदेश सभालाई विश्वासको मत लिने सूचना पेश गरेको थियो।

गत पुस २७ गते नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई सत्ता साझेदार दलहरू नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले पनि समर्थन गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

उनका पक्षमा कर्णाली प्रदेशका ४० मध्ये माओवादीसहित चार दलका २५ जना सांसद छन् । प्रमुख प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसका १४ र एक जना स्वतन्त्र सांसद छन्। विश्वासको मत लिइसकेपछि उनले मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्।