April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

एकीकृत समाजवादीद्वारा केन्द्रीय समिति बैठकको आह्वान

२०७९ माघ १२

372

काठमाडौंः नेकपा एकीकृत समाजवादीले केन्द्रीय समिति बैठक बोलाएको छ। माघ २१ र २२ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्नेछ। बैठकमा राजनीतिक र निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि छलफल गरिने महासचिव वेदुराम भुसालले जानकारी दिएका हुन् । पार्टीका विभिन्न तहका समितिले पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका र निर्माण गरेका धारणाबारे बैठकमा छलफल गर्ने तयारी छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा बैठकमा छलफल गरिने उनले बताए । पार्टीले सङ्गठनका समिति अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकामा यही चैत मसान्तभित्र कमिटी गठन गर्नसमेत निर्देशन जारी गरेको छ।

पार्टीका वडामा आगामी वैशाख १५ भित्र अधिवेशन गर्न भनिएको छ। पालिका र विशेष इलाकामा वैशाख मसान्तभित्र, आगामी जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्ने, आगामी कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्नुपर्नेछ। आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका जिल्ला सम्मेलनर/अधिवेशन गरिसक्न उल्लेख गरिएको छ।