August 6, 2026, Thursday
२०८३ श्रावण २१
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

करोडौं रुपैयाँको कारोबार गर्दैै धनकुटा महोत्सव सम्पन्न

२०७९ माघ १७

476

काठमाडौंः सात करोड रुपैयाँको कारोबार गर्दै पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा एभोकाडो महोत्सव सकिएको छ । उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा माघ ६ गतेदेखि १६ गतेसम्म चलेको महोत्सवको धनकुटा प्रदेश क्षेत्र नं ‘१’ का प्रदेशसभा सदस्य नीरन राईले सोमबार समापन गरेका हुन् ।

सोमबारसम्म चल्ने उक्त महोत्सव थप दुई दिन समय थप्ने तयारी भए पनि १४ गते राति गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आउने भीडले किचेर ३० जना घाइते भएपछि महोत्सवको सोमबार विधिवत् रूपमा समापन गरिएको हो । एक सय ८० स्टल रहेको महोत्सवमा सात करोड बराबरको कारोबार भएको आयोजक संस्थाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिएका छन्।