जलवायु परिवर्तनको मुख्य कारक औद्योगिक राष्ट्रहरूकै अधिक कार्बन उत्सर्जन हो । तर समाधानका नाममा निर्माण गरिएका ‘कार्बन व्यापार’, ‘कार्बन अफसेटिङ’, ‘REDD+’ र ‘नेट–जीरो’ जस्ता रणनीतिहरूले अब विकासशील राष्ट्रहरूलाई आर्थिक रूपमा परनिर्भर बनाउने, प्राकृतिक स्रोतमाथिको अधिकार खोस्ने र न्यूनतम मूल्यमा सम्पत्ति कब्जा गर्ने औजारको रूप लिइसकेका छन् । यस प्रक्रियामा कार्बन रेटिङ र मूल्य निर्धारण जस्ता सूक्ष्म तर निर्णायक पक्षहरूले एक खालको हरियो उपनिवेशवादलाई संस्थागत गरिरहेका छन् ।
१) कार्बन रेटिङको सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यास
कार्बन रेटिङ भन्नाले कुनै परियोजना वा देशले वातावरणमा कति कार्बन भण्डारण (Carbon Sequestration) गर्न सक्यो भन्ने कुरा मापन गर्ने प्रक्रिया हो । यसले कार्बन क्रेडिटको आर्थिक मूल्य निर्धारणमा सिधा प्रभाव पार्दछ । तर, यो मापन प्रक्रिया आफैँ पक्षपाती छ । यसमा प्रयोग हुने मापदण्ड, उपग्रह डाटा, विशेषज्ञ टोली सबै प्रायः पश्चिमी संस्थाहरूको नियन्त्रणमा छन् ।
मूल्य निर्धारणको विषमताः
२) नेपालको सन्दर्भः REDD+, वन स्रोत र कार्बन व्यापार
नेपालको स्थितिः
समस्याः
३. अन्तर्राष्ट्रिय षड्यन्त्रको विश्लेषणः
(क) नव–औपनिवेशिक नियन्त्रण संरचनाः
४. न्यायोचित प्रणालीको आवश्यकताः
विकल्पिक सुझावहरूः
५) कार्बन व्यापारका विसंगतिहरु
१) सस्तोमा कार्बन क्रेडिट किन्ने र धनी राष्ट्रहरूले आफ्ना उत्सर्जन जारी राख्ने—‘license to pollute’ को व्यवस्था जस्तै हो ।
२) यी राष्ट्रहरूले आफ्नो ग्रीन इमेज बनाउन नेपालजस्ता राष्ट्रहरूको कार्बन भण्डारलाई प्रयोग गर्छन् तर, पर्याप्त लाभ बाँड्दैनन् ।
३) कम मूल्यमा कार्बन क्रेडिट खरिद गरेर धनी राष्ट्रले आफ्नो उत्सर्जनलाई वैध बनाउँछन् ।
४) विकासशील राष्ट्रका स्रोत कब्जा गरेर ‘हरियो उपनिवेश’ निर्माण गर्ने योजना हो ।
सम्बन्धित पक्षहरुले यसबारे बोल्ने हिम्मत गर्दैनन् । यसमा पनि नेपालले पाउने केबल प्रति टन 5 usd मात्र हो । बाँकी 5 usd अन्तर्राष्ट्रिय ब्रोकरलाई दिनुपर्छ । जर्मनीको ‘लिफ’ भन्ने ब्रोकर कम्पनी छ । नेपाल सरकार र उक्त कम्पनी बिच सम्झौता भएको छ, world bank सँग होइन ।
निष्कर्षः
कार्बन व्यापारको नाममा नेपाल जस्ता देशहरूले संकटका बोझहरू बोक्न विवश छन्, जबकि समाधानका स्रोत (जल, जमिन र जंगल) बेचेर धनी राष्ट्रहरू झन धनी बन्दैछन् । यो प्रक्रियाले विकासशील राष्ट्रहरूको सम्पदा कब्जा गर्ने नव–औपनिवेशिक संरचनालाई वैधानिकता दिइरहेको छ । यस्तो अवस्थामा नेपाल जस्ता मुलुकले आफ्नो नीति, रेटिङ संयन्त्र र लाभ बाँडफाँटमा आत्मनिर्भर दृष्टिकोण विकास नगर्दा स्रोतहरूको प्रत्यक्ष नियन्त्रण गुमाउने खतरा रहन्छ । अतः नेपालले राष्ट्रसंघीय मञ्चहरूमा कार्बन मूल्यको न्यायोचित व्यवस्था, सच्चा कार्बन रेटिङ संयन्त्र र जनसंलग्न पारदर्शी प्रणालीको माग गर्नुपर्छ ।