September 3, 2026, Thursday
२०८३ भाद्र १८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

नागरिक उन्मुक्तिका सांसद चौधरी जेलमुक्त हुँदै

२०७९ फाल्गुन ६

378

काठमाडौं : कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सम्पूर्ण कैद मिनाहा गरिए पछि रिहा हुने भएका हुन । आइतबार अर्थात् ७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सुचीमा सांसद अरूण चौधरीलाईसमेत समावेश गरे पछि उनलाई जेलबाट छुटाउनका लागि सजाय मिनाहा गरेको हो। सजाय मिनाहा भएसँगै उनी रिहा हुने भएका छन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाहा भएका हुन । नागरिक उन्मुक्तिका सचेतकसमेत रहेका चौधरीलाई पक्राउ गरी गत २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो । उनलाई ९ वर्षअघि भएको ट्र्याक्टर आगजनीको मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। सो मुद्दाका कारण उनलाई प्रतिनिधिसभा निर्वाचित भए पछि पक्राउ गरी थुनिएको थियो ।