February 26, 2026, Thursday
२०८२ फाल्गुन १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

पेरुले पायो इतिहासमै पहिलोपटक महिला राष्ट्रपति

२०७९ मंसिर २२

534

काठमाडौंः पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ । यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते नयाँ राष्ट्रपतिमा चुनिएकी हुन् । यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले जनाएको छ ।

यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो । त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको र हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

बीबीसीले बुधबार पेरुमा नाटकीय रुपमा राजनीतिक घटनाक्रम विकास भएको उल्लेख गरेको छ । बुधबार राष्ट्रपति पदबाट मुक्त हुनुअघि पेड्रोले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै संकटकाल लागू गर्ने घोषणा गरेका थिए । उनले विपक्षी दलको बहुमत रहेको संसद भंग गर्ने घोषणासमेत गरे । त्यसपछि सरकारका धेरै मन्त्रीहरुले त्यसको विरोध गर्दै राजीनामा दिएका थिए ।

त्यसलगत्तै विपक्षी पार्टीहरुले संसदको विशेष अधिवेशन बोलाएर महाअभियोगको पक्ष–विपक्षमा मतदान गरियो । महाअभियोगको पक्षमा १०१ र विपक्षमा ६ जना सांसद रहे । १० जना सांसदहरुले भने भोटिङमा भाग लिएनन् । ससदबाट ंमहाअभियोगको प्रस्ताव पारित भएपछि पेड्रो कास्टिलोलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । कास्टिलोले सन् २०२१ मा राष्ट्रपति पद सम्हालेका थिए ।