जुम्ला घटनामा जात व्यवस्था उन्मूलन मोर्चाको गम्भीर ध्यानाकार्षण
काठमाडौंः अन्तरजातीय विवाह गरेका कारण जुम्लाका मुकुन्द नेपालीको घरमा आगजनी भएको घटनाप्रति जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार अध्यक्ष डोलराज विश्वकर्मा र महासचिव रुपा सुनारले हस्ताक्षर गरेको एक प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न चाहेका जोडीलाई अपराध ठान्ने...