August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

‘विवाह संस्था र महिला’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९ फाल्गुन २३

580

काठमाडौंः ‘विवाह संस्था र महिला’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा त्रैमासिक पत्रिका अपराजिता पारिजातको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लेखक तथा राजनीतिज्ञ आहुति, प्राध्यापक तथा समाजशास्त्री डा. युवराज लुइटेल, प्राध्यापक तथा महिला अधिकारकर्मी नारायणी देवकोटा र लेखक तथा सम्पादक कैलाश राई वक्ता रहेका थिए भने कार्यक्रमको संयोजन राजेश्वरी सुवेदी,स्वागत भावना घिमिरे र संचालन यमकुमारी ददेलले गरेकी थिईन् । कार्यक्रमको संयोजन र विषय प्रवेश गर्दै अपराजिता पारिजातका प्रकाशक राजेश्वरी सुवेदीले नेपालमा पितृसत्ताका कारणले गर्दा महिलाहरुले अझै पनि आफ्ना मुद्धाहरु ठिक ढंगले उठाउन नसकेको बताईन् । थुप्रै महिला संगठनहरुले  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाए पनि औपचारिकताको लागि मात्र मनाउने गरिएको उनको भनाई थियो ।

त्यस्तै प्राध्यापक नारायणी देवकोटाले विवाह संस्था हटाउनुपर्ने वा विवाह संस्थाभित्र भएका विभेद हटाउनुपर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने धारणा राखिन् । प्राध्यापक डा. युवराज लुइटेलले इतिहासमा विवाह संस्थाको सुरुवात जेजसरी भएपनि वर्तमानमा विभेदरहितको विवाहलाई कायम राख्नुपर्ने बताए ।

त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका महासचिव आहुतिले विवाह संस्था नै भत्काउनु पर्ने र विवाह संस्था भत्काएपछि मात्रै महिला र पुरुषको सुन्दर सहजीवनको सुरुवात हुने धारणा राखे । पितृसत्तावादी पुरुषको आवश्यकताले जन्मेको विवाह संस्थालाई खारेज गर्नुपर्ने उनको मत थियो । 

लेखक तथा सम्पादक कैलाश राईले महिलामाथि हुने उत्पीडनका कारण विवाह संस्थालाई खारेज गर्नुपर्ने आवश्यकता रहेको तर राज्यको नीति नियमहरु भने विवाह संस्थामै आधारित भएका कारण तत्काल लागु हुन नसक्नाले खारेज गर्नुपर्ने विषयमा बहस गर्दै जानुपर्ने धारणा राखेकी थिईन् ।

भिडियो हेर्नुहोस्: