बाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न
काठमाडौंः बाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। आइतबार भर्चुअल माध्यम मार्फत बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा र संस्थाका अध्यक्ष रविप्रताप घिसिङको सभापतित्वमा दक्षिण कोरियाको राजधानी सउलमा उक्त अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले भवानी प्रसाद (बि. पि) पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा काभ्रेका...