जुम्लामा अन्तरजातीय विवाह गर्दा घर आगजनी
काठमाडौंः अन्तरजातीय विवाह गरेको चार दिन पछि जुम्लाका मुकुन्द नेपालीको घरमा आगो आगजनी भएको छ । जुम्लाको तातोपानी गाउँपालिका गिडीखोलाका मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग गएको साता भागी विवाह गरेका थिए । २० वर्षीय मुकुन्दले उमेर नखुलेकी युवती बसन्तीसँगको प्रेमपछि अन्तरजातीय विवाह गरेको स्थानीयहरूले बताएका छन् । केटी पक्षले भनेअनुसार हाल उनीहरू बाँके जिल्लामा छन्...