पुसको जाडोमा राहदानीको लाइनमा जनता,रोजगारबारे सोच्दैन सरकार
काठमाडौंः राहदानीका लागि सर्वसाधारणहरु घण्टौंसम्म लाइनमा बस्नुको बाध्यता अझै पनि हटेको छैन । बिहीबार बिहान त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लामो लाइनले यही कुरा पुष्टि गर्छ । छिटो पालो पाउने आशामा पुसको जाडोमा सेवाग्राहीहरु झिसमिसेमै लाइनमा बसेको देखिन्थ्यो । कतिपयले रात नै यहीँ काटेको अनुभव पनि सुनाउँछन् ।सेवाग्राहीलाई सहज होस् भनेर राहदानी विभागले...