विश्वकप फुटबलमा अर्जेन्टिना च्याम्पियन
काठमाडौंःअर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४ः२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो...