August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

रौतहटमा मिटर ब्याज र लघुवित्त पीडितहरुद्वारा सिडिओ कार्यालय घेराउ

२०७९ फाल्गुन १७

610

क्षितिज लामिछाने,

काठमाडौंः रौतहट जिल्लाको सदरमुकाम गौरमा मिटरब्याजी र लघुवित्तकोबाट पीडित करिब २०० जनाले विरोध प्रदर्शन गरेका छन् । मंगलबार मिटरब्याज तथा ठगी विरुद्ध संगठीत किसान मजदुर संघर्ष समितिले आयोजना गरेको उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, रौतहट जिल्ला समितिको पनि सहभागीता रहेको थियो ।

हाल मिटरब्याज तथा लघुवित्तबाट पीडित जनताको मुद्दालाई लिएर देशैभर विभिन्न स्थानमा आन्दोलन चलिरहेको छ । विरोध प्रदर्शन कार्यक्रममा (लघु वित्तको ठगी धन्दा बन्द गर, भ्रष्ट पत्रकारहरू मुर्दावाद, रक्सी मासुमा आफ्नो आत्मा बेच्न बन्द गर, जनताको समाचार लेख, मिटरब्याजीलाई कारबाही गर, जाली तमसुख खारेज गर, समाजवादी अर्थतन्त्र लागू गर, अदालत न्याय दे, गरिब लुट्न पाइदैन, भ्रष्ट कर्मचारी होसियार, दलालको तलुवा चाट्न बन्द गर) लगायतको नाराहरू लगाइएको थियो।

विपि चोक हुँदै सुरु भएको विरोध प्रदर्शन सिडियो कार्यालय र जिल्ला अदालत घेराउ गर्ने क्रममा अदालतअगाडि नारा जुलुस गरेका थिए । करिब दुई घण्टासम्म चलेको नारा जुलुस र भाषणपछि पीडितहरूको प्रतिनिधित्व गर्दै संघर्ष समिती, नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका गरि ९ जनाले सिडियो प्रमुखसँग भेटवार्ता गरेका छन्। समस्याबारे छलफल भएपछि सिडियो प्रमुखले पीडितहरू पक्षमा हुने गरि मिटरब्याजी विरुद्ध कदम चाल्ने आश्वासन दिएको छ । संघर्ष समिती र २ पार्टीहरुले भने चित्त बुझ्दो परिणाम नआएमा संघर्षलाई चक्काजामसम्म पुर्‍याईने छलफल भएको जनाएको छ ।