अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनायौँः अध्यक्ष ओली
काठमाडौंः सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई अस्थिरतामा धकेल्न नहुने बताएका हुन् । आफूहरु प्रतिपक्षमा बस्ने मानसिकतामा रहेका बेला सरकार गठनको समय घर्किन लाग्दासमेत सरकार नबन्ने देखिएपछि राष्ट्रलाई...