समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाए मात्रै विकृति हट्छः प्रर्वप्रधानमन्त्री खनाल
काठमाडौंः पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसन खोरहरु, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताए । यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दैे यिनीहरुले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश...