वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले फागुन १ मा संकल्प पर्व मनाउने
काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालले फागुन १ गतेको जनयुद्ध दिवसको दिनलाई संकल्प पर्वको रुपमा मनाउने भएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले उक्त पर्व मनाउने घोषणा गरेको हो । गत चैतमा सम्पन्न भएको पार्टीको राष्ट्रिय भेलाले पारित गरेको राजनीतिक प्रतिवेदन तथा विधानले दिशानिर्देश गरे अनुसार उक्त पर्व मनाउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।...