सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन हुँदैनः विश्वप्रकाश शर्मा
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् । नेपाल टेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले निर्वाचनमा जाँदा एउटा गठबन्धन बनाउने र चूनाव सकिएपछि सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका हुन् । सत्ताको आकांक्षा, आग्रह पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने...