June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

यी हुन नेकपा एमालेले छानेको ३४ समानुपातिक सांसद (नामावली सहित)

२०७९ मंसिर २५

538

काठमाडौंः नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयनका लागि निर्वाचन आयोगमा नाम पठाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

एमालेले आदिवासी जनजातितर्फ पुरुषमा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई तथा महिलातर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बाको नाम सिफारिस गरेको उनले बताए । त्यस्तै खसआर्य पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही र महिलातर्फ मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बरालको नाम पठाएको उनले जानकारी दिए ।

थारुतर्फ आश्माकुमारी चौधरी, शान्ति चौधरी तथा दलिततर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्माको नाम सिफारिस गरिएको उपमहासचिव गुरुङले जानकारी दिए । त्यस्तै मधेशीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया तथा मुस्लिमतर्फ सराज अहमद खानको नाम पठाइएको उनले जानकारी दिएका छन् ।