January 22, 2026, Thursday
२०८२ माघ ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
रकमराज तामाङ

अन्योलतालाई नचिरेससम्म वार्ता बस्दैनौंः प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति

२०८० असार १३

778

काठमाडौंः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सरकारसँग वार्ता नबस्ने भएको छ । फागुन १७ गते प्रदेश १ को नाम कोशी राखेसँगै आन्दोलनरत संघर्ष समितिले बुधबार एक प्रेस  विज्ञप्ति जारी गर्दै आज विराटनगरमा हुने भनिएको वार्तामा नबस्ने जनाएको हो ।

प्रदेश सरकारले वार्ता गरिरहेको संयुक्त संघर्ष समिति बाहेक नागरिक उन्मुक्ति पार्टीलाई पनि वार्ता आह्वान गरेपछि अन्योल सिर्जना भएको भन्दै संयुक्त संघर्ष समितिले अन्योलतालाई चिरेर वार्ताको वातावरण नबनाएसम्म वार्तामा नबस्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति वार्ताका लागि सधैं तत्पर रहेको समेत जनाएको छ । यसअघि प्रदेश १ सरकार र प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिबीच भएका वार्ताहरु बिना निष्कर्ष टुंगिएको थियो ।

पूरा विज्ञप्ति: