August 6, 2026, Thursday
२०८३ श्रावण २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

उत्पादनको बजार सुनिश्चित गर्न अखिल नेपाल किसान महासंघको माग

२०७९ माघ २८

382

काठमाडौंः अखिल नेपाल किसान महासंघले तत्काल स्वदेशी कृषि वस्तुको उचित मूल्य निर्धारण गरी बजारको सुनिश्चितता गर्न माग गरेको छ । महासंघले शुक्रबार आयोजना गरेको पत्रकारसँगको छलफलमा महासंघका अध्यक्ष बलराम बास्कोटाले उत्पादनको समुचित बजार र मूल्य नपाउँदा किसान ऋणमा डुब्दै जाने र विचौलिया तथा व्यापारी मोटाउने अवस्था रहेको बताउँदै खाद्य सम्प्रभुताको कार्यान्वयनमार्फत कृषि पेसालाई मर्यादित, आय र रोजगारीमूलक बनाउन सरकार संवेदनशील हुनुपर्ने बताए ।

कृषिमा आधारित अर्थतन्त्र रहेको हाम्रो देशमा बहुसङ्ख्यक जनता कृषिमा संलग्न रहेको उल्लेख गर्दै उनले भने, “कृषि उत्पादनले संरक्षण नपाउँदा एकातिर कृषि पेसाप्रतिको विकर्षण बढ्दो छ भने अर्कोतिर व्यावसायिक किसानले उत्पादित वस्तुको उचित मूल्य नपाएको अवस्था छ।” कृषि क्षेत्रको विकासका लागि किसानलाई आवश्यक मल, बीउबिजन आदि समयमै उपलब्ध गराउनु र उत्पादित वस्तुको बजारको ग्यारेण्टी गर्नु राज्यको प्रमुख दायित्व भएको अध्यक्ष बाँस्कोटाको भनाइ थियो।