August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

एकीकृत समाजवादीका नेता उपाध्यायको आज अन्त्येष्टि गरिँदै

२०७९ फाल्गुन २२

400

काठमाडौंः छतबाट खसेर मृत्यु भएका एकीकृत समाजवादीका नेता सरोज उपाध्यायको आज अन्त्येष्टि गरिने भएको छ । शनिबार शंखमुलस्थित एक क्याफेको छतबाट खसेर उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।

उनको शवलाई श्रद्धान्जलीका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्म आलोकनगरस्थित पार्टी कार्यालयमा राखिने उपमहासचिव विजय पौडेलले जानकारी दिए । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उनका श्रीमती र दुई छोरी छन् ।