February 12, 2026, Thursday
२०८२ माघ २९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

एकीकृत समाजवादीबाट सरकारमा प्रकाश ज्वालाले नेतृत्व गर्ने

२०७९ चैत्र १५

434

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश ज्वालालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने भएको छ।

प्रधानमन्त्री प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम माग गरे पछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रिय सचिवालयको निर्णय अनुसार उपमहासचिव ज्वालालाई मन्त्रीमण्डलमा पठाउने निर्णय गरेको हो  ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवत: आजै सपथ हुनेछ । एकीकृत समाजवादीलाई पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाग परेको जनाईएको छ ।

भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको नारायणकाजी श्रेष्ठलाई गृहमा पठाएर ज्वालालाई सो मन्त्रालय दिन लागिएको बुझिएको छ ।