काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका नेताले खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र दुर्घटनामा पर्ने निश्चित रहेको बताएका छन् । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
एमालेका नेताको खल्तिबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाएमा त्यो राष्ट्रपति संवैधानिक राष्ट्रपति नभइ संविधानको परिकल्पना विपरित कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेको थापाले बताए । थापाले देशमा अहिले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको र त्यसलाई विफल पार्न कांग्रेस उभिएको पनि उनले प्रष्ट पारे ।