काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चा,बाँके जिल्लाको दोस्रो भेला सम्पन्न भएको छ । आइतबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका केन्द्रीय सचिव प्रेमकुमार गैरे र लुम्बिनी प्रदेश संयोजक डोलराज विश्वकर्माको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले अञ्जुली विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । त्यस्तै सचिवमा राधेश्याम धोबी र सदस्यहरुमा आलोक सिंह,मनिराज सुनार,पदम विश्वकर्मा,नरेन्द्र कुमार विश्वकर्मा,पवित्रा परियार,पुजा परियार,अनिता परियार,सबिना विश्वकर्मा र गुञ्जन विश्वकर्मा रहेका छन् ।