February 26, 2026, Thursday
२०८२ फाल्गुन १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मुलन मोर्चा, तनहुँको दोस्रो जिल्ला भेला सम्पन्न

२०७९ फाल्गुन १२

854

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चा,तनहुँ जिल्लाको दोस्रो भेला सम्पन्न भएको छ । बिहीबार तनहुँको व्यास नगरपालिका २ दमौलीमा जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका केन्द्रीय संयोजक राजकुमार हिङमाङको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले मिलन बसेलको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । सदस्यहरुमा युवराज विश्वकर्मा,पीति नेपाली,अ्रस्मिता नेपाली,आसिका थापा,आस्मा यादव,हिमाल अछामी,सुरज विश्वकर्मा,सन्तोष विश्वकर्मा,प्रेम नेपाली,संजय धमेल,गंगा थापा,शिव अछामी,पुष्पा परियार,अनु आले,शान्ति विश्वकर्मा र अभिषेक विश्वकर्मा रहेका छन् ।