प्रतिक,
पर्साः जात व्यवस्था उन्मूलन मोर्चा नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न भएको छ । आइतबार पर्सागढी नगरपालिका वडा नम्बर ५ पचरुखी गाउँमा उक्त भेला सम्पन्न भएको हो ।
भेलामा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सदस्य तथा मधेस प्रदेस संयोजक मदन प्रभात, केन्द्रीय सदस्य वैद्यनाथ श्रमजीवी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको महिला संगठन केन्द्रीय सदस्य भागिरथी प्रकृति, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन पर्सा जिल्ला अध्यक्ष नारद रेवानी,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल बारा जिल्ला सचिव सन्दीप चौधरी, विद्यार्थी नेतृ अनिता परियार लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
भेलाले संजय माझीको संयोजकत्वमा २१ सदस्यीय पर्सा जिल्ला समिति गठन गरेका छन् त्यस्तै सह– संयोजकमा उर्मिला देवी राम, सचिवमा जुमराज राम रहेका छन् भने सदस्यहरूमा फुलझरिया देबी राम, रामकली देवी राम, संजय राम ,बृजेस महरा,गुलनी देवी माझी,भोला माझी, लक्ष्मण माझी,मन्द्रिका राम,सुनैना देवी राम, रम्भा देवी राम, रामकली देवी राम,लालसा देवी पासवान,पल्ट हजरा,अनिता परियार,उमेश राम,भुटाइ मखिया, बृजेश महरा,राकेश साह, नन्दलाल पासवान रहेका छन् ।
करिब एक सय जनाको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन शिवमंगल रामले गरेका थिए । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी पर्सा जिल्ला समितिको,सदस्य दिवाकर दहितले सहजीकरण गरेका थिए ।