January 22, 2026, Thursday
२०८२ माघ ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

थुलुङ दूधकोसी गाउँपालिका अध्यक्षले आफ्नो तलबबाट एमबीबीएस पढाउने

२०७९ माघ १३

412

काठमाडौंः सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबीबीएस पढाउने भएका छन् ।उनले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने निर्णय गरेका हुन् । स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गरेका हुन् ।

उनले यही माघ १२ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन् । अध्यक्ष राईले गाउँपालिका भित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गरेका छन् ।