October 27, 2025, Monday
२०८२ कार्तिक १०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

नेपाल प्रहरीका विभिन्न पदहरुमा भर्ना खुल्यो

२०७९ माघ २७

394

काठमाडौंः नेपाल प्रहरीका विभिन्न पदहरुमा भर्ना खुलेको छ । योग्यता पुगेका नेपाली नागरिकबाट फागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रहरीका भान्से ८२, हजाम १५, सिलाइ।बुनाइ १० र कुचिकार पदमा ३० जनाका लागि भर्ना खुलेको मानवस्रोत विकास विभागले जनाएको छ ।आगामी चैत १० गते दरखास्त फारम दर्ता गर्ने प्रहरी कार्यालयमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन गरिनेछ ।