काठमाडौंः गत २०७९ सालको फागुन १७ गते प्रदेश १ को नामकरण कोशी राखिएको विरोधमा पहिचान पक्षधर पत्रकारहरुले सामूहिक वक्तव्य जारी गरेका छन् । आन्दोलनकारीहरूले दिएको १० दिने अल्टिमेटम अन्त्य हुन लाग्दासमेत प्रदेश तथा नेपाल सरकारबाट आन्दोलनको सम्बोधनार्थ कुनै पहल नभएको भन्दै शुक्रबार उक्त विज्ञप्ति जारी गरिएको हो । उक्त विज्ञप्तिमा देश तथा विदेशमा क्रियाशिल रहेका १०६ जना पत्रकारहरुले हस्ताक्षर गरेका छन् ।
जनताको असन्तुष्टि उर्लिँदो र परिस्थिति बिग्रँदो अवस्थामा पुग्दा पनि सरकार गम्भीर नभएकोप्रति सरकारलाई सामुहिक वक्तव्यमा ध्यानाकर्षण गराएको छ । ‘जनताको असन्तुष्टि उर्लिँदो र परिस्थिति बिग्रँदो अवस्थामा पुगेकोले “कोशी“ नाम अविलम्ब खारेज गरियोस् भनेर आन्दोलनकारीहरूले दिएको १० दिने अल्टिमेटम अन्त्य हुन लाग्दासमेत प्रदेश तथा नेपाल सरकारबाट आन्दोलनको सम्बोधनार्थ कुनै पहल नभएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ । वक्तव्यमा उल्लेख छ ।
त्यस्तै विज्ञप्तिमा हाल प्रदेश १ मा भईरहेको आन्दोलनप्रति ऐक्यवद्धतासमेत जाहेर गरेको छ भने आदिवासी जनजातिको पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने संविधानप्रदत्त अधिकारलाई कुल्चिएर बलजफ्ती जारी गरिएको प्रदेशको नाम “कोशी“ खारेजी अभियानका आन्दोलनकारीहरुसँग वार्ता गर्न र पहिचानसहित प्रदेश १ को नामाकरण गर्न नेपाल सरकार समक्ष माग गरेका छन् ।
पूरा विज्ञप्तिः
