काठमाडौँः भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमलाविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि संयुक्त विद्यार्थी संगठनको ब्यानरमा विद्यार्थीहरुले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अनेरास्ववियु, अखिल छैठौँ लगायतका विद्यार्थी संगठनहरु रहेका छन् । प्रदर्शनकारीहरुले ब्यानर, प्लेकार्ड तथा पम्प्लेटहरु प्रदर्शन गरेका छन् । प्रदर्शनमा सम्बोधन गर्दै विद्यार्थी नेताहरुले अमेरिकी हमलाको आलोचना गर्नुका साथै भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्निलाई तत्काल रिहाइको माग समेत गरेका छन् ।