November 15, 2026, Sunday
२०८३ कार्तिक ३०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

मंगलबार आत्मदाह प्रयास गर्ने युवाको निधन

२०७९ माघ ११

394

काठमाडौँः संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाह प्रयास गर्ने युवाको निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको डाक्टर किरण नकर्मीले जानकारी दिएका छन्।

शरिरको अधिकांश भाग जलेका कारण उनलाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ। ​ मंगलबार दिउँसो इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका थिए ।

तत्काल प्रहरीले आगो निभाएर अस्पताल लैजाँदा गम्भीर घाइते उनको शरीरको ८० प्रतिशत भाग जलेको पाइएको थियो। मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्की उनलाई भेट्न अस्पताल पुगेकी थिइन्।